मादलमा सेनाको विश्व कीर्तिमान कायम | Khabarhub Khabarhub

मादलमा सेनाको विश्व कीर्तिमान कायम


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे ।

सेनाले संगठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवको अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गरेका हुन् ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाई लिने गरिन्छ ।

गिनिजबुक अफ वल्र्ड रेकर्डस् संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

उनले भने, ‘नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्‍यो । ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वल्र्ड रेकर्डमा सङ्ग्रहित गरेका छौँ ।’

मादल बज्नासाथ प्रत्येक व्यक्तिको मनमा संगीतको तरङ्ग चल्छ । हाम्रो संस्कृतिसँग जोडिएको विशिष्ट पहिचान जोडिएको बाजा मादल नै हो ।

गायक निर्णय एनएसकेले मुलुकमा व्यापकरूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपाललाई संसारभर परिचित गराउन सफल भएको प्रतिक्रिया दिए । सेनाले कायम गरेको रेकर्ड प्रमाणित गर्ने टिममा रहेर आफूले काम गरेको उनले बताए।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ५१ बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर