‘नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार’  « Khabarhub

‘नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार’ 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका छन् ।

महाशिवरात्री तथा नेपाली सेनाको २६०औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा आयोजित समारोहलाई सम्बोधन गर्दै मिश्रले संसारभरि नै नेपाली सेनाको बहादुरी, निष्ठा र कर्तव्यपरायणता प्रसिद्ध रहेको उल्लेख गरे ।

‘नेपाल भनेपछि वीर गोर्खाको देश भन्ने परिचय विश्वमाझ बनेको छ’, प्रदेश प्रमुख मिश्रले भने, ‘यो युद्ध कौशल र बहादुरीले मात्र नभई समर्पण र इमानले बनेको परिचय हो ।’ नेपाली सेनाले कमाएको यो इज्जत र शानले विश्वको कुनै कुनामा हुँदा रहँदा पनि नेपाली हुनुको गौरववोध हुने मिश्रको भनाइ छ ।

संसारका विभिन्न देशको सैन्य सेवामा समर्पण, इमान र बहादुरीको परिचयले नेपालीले प्रवेश पाउने गरेका मिश्रले बताए। युद्धमा मात्र नभएर संसारका विभिन्न युद्धरत पक्षबीच शान्तिका लागि पनि नेपाली सेनाले अझैसम्म महत्वपूर्ण योगदान दिइरहेका उनले उल्लेख गरे। नेपाली सेनालाई वर्तमान समय सन्दर्भमा अझ व्यावसायिक र साधन सम्पन्न बन्न आवश्यक रहेको मिश्रको थप भनाइ छ ।

समारोहमा मध्यपूर्वी प्रितनापति नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जिम्मेवारीका विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका सैन्य अधिकारीलाई प्रधान सेनापतिका तर्फबाट सैन्य विभूषण प्रदान गरे । समारोहमा सेनाका कलाकारले विभिन्न भाषा, संस्कृतिका मनोरञ्जनात्मक साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ४१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा