अफ्रिकामा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा चिन्ता व्यक्त « Khabarhub

अफ्रिकामा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा चिन्ता व्यक्त


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफ्रिका महाद्वीपमा बढ्दो हिंसाविरुद्ध लड्न र लोकतान्त्रिक स्वतन्त्रताको प्रवद्र्धन र ‘शान्तिका लागि कदम चाल्नुपर्ने’ बताए ।

अदिस अबाबामा अफ्रिकी सङ्घ (एयू) को वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा गुटेर्रेसले भने, “प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा सशस्त्र समूहहरूद्वारा हालै गराएका हिंसा र साहेल र अन्य ठाउँमा आतङ्कवादी समूहहरूको उदयप्रति म ‘निकै चिन्तित’ छु ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, साहेल र अन्य क्षेत्रमा युद्धविरामका लागि अफ्रिकी नेताहरूले दबाब दिन बैठक गरिरहेका छन् जहाँ एम २३ लडाकूले धेरै भूभाग कब्जा गरेको छ र किन्सासा र रुवान्डाबीच कूटनीतिक विवाद उत्पन्न गरेको छ, जसलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाइएको छ ।

सन् २०२० देखि माली, गिनी र बुर्किना फासोजस्ता साहेल राष्ट्रमा ‘कू’ को लहर चलेको छ । गुटेर्रेसले भने,“शान्तिका संयन्त्रहरू कमजोर हुँदै गएका छन् । अफ्रिकी सङ्घले ‘शान्तिका लागि लडाइँ जारी राख्न’ आग्रह गरे ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले अफ्रिकाले ‘ठूलो परीक्षणको सामना गर्नुपरेको’ बताए । लगभग हरेक मोर्चामा, ‘महाद्वीपले युक्रेनमा रूसी आक्रमण र जलवायु परिवर्तनसहित उत्पन्न गर्ने धेरै सङ्कटहरू’को सामना गरिरहेको थियो ।

उनले भने, “जलवायु परिवर्तनको क्रुर प्रभावका कारण यस महादेश बाढी, खडेरी, अनिकाल र गर्मीको चपेटामा परेको छ ।

शुक्रबार भएको छोटो सम्मेलनमा सात राष्ट्रको पूर्वी अफ्रिकी समुदायका नेताहरूले सबै सशस्त्र समूहलाई अर्को महिनाको अन्त्यसम्ममा पूर्वी डीआरसीको कब्जामा रहेका क्षेत्रहरूबाट फिर्ता हुन आह्वान गरेका छन् ।

गुटेर्रेसले शुक्रबार विशेषगरी कङ्गोको सङ्कटबारे रूवान्डाका राष्ट्रपति पल कागामेसहित केही अफ्रिकी नेतासँग छलफल गरेका थिए ।

सेना निकट सरकार रहेका माली, बुर्किना फासो र गिनीले यस हप्ताको अन्त्यमा हुने शिखर सम्मेलनमा भाग लिन पाउने छैनन् । तर तीनै देशका कूटनीतिज्ञहरू अदिस अबाबामा पुनः सहभागीका लागि दबाब दिन पुगेका छन् ।

गुटेर्रेसले भने, “बुर्किना फासो, गिनी, माली र सुडानमा नागरिक र लोकतान्त्रिक ढङ्गबाट निर्वाचित सरकारको पुनस्र्थापनाका लागि तपाईँको आह्वानलाई म समर्थन गर्दछु ।”
महाद्वीपका ५५ देशलाई एकै ठाउँमा ल्याउने दुई दिने शिखर सम्मेलनले स्वतन्त्र व्यापार सम्झौतामा फड्को मार्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ८ : ०९ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको