एशियाली खेलकुदमा ३८ हजार स्वंयसेवक « Khabarhub

एशियाली खेलकुदमा ३८ हजार स्वंयसेवक


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनको हानचाउमा आयोजना हुने एसियाली खेलकुदको १९औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुनेछ ।

हानचाउ एसियाली खेलकुद आयोजक कमिटीले प्रतियोगितामा कुल ४० खेलका ६१ विधामा चार सय ८४ प्रतिस्पर्धा हुने जनाएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगिताका लागि ५६ आयोजनास्थल र ३१ प्रशिक्षण केन्द्र तयारी अवस्थामा छन् ।

सन् २०२२ मा हुनुपर्ने उक्त प्रतियोगिता कोरोना महामारीलगायत कारणले अहिले गर्न लागिएको हो । ती विभिन्न खेललाई सम्पन्न गर्न पाँच एसियन भिलेजको व्यवस्था गरिएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा पाटन दरबार क्षेत्रमा उक्त प्रतियोगिताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त प्रतियोगिताको सफलताले एसियाको गौरव बढाउने विश्वास व्यक्त गरे।

हानचोउ एसियाली खेलकुद आयोजक कमिटीका सहायक निर्देशक वाङ मिङख्वाले प्रतियोतिगा सञ्चालनका लागि सबै प्राविधिक पदाधिकारीको व्यवस्था भइसकेको जानकारी दिँदै प्रतियोगिताका लागि ३८ हजार स्वंयसेवक तयारी अवस्थामा रहेको बताए ।

उक्त प्रतियोगितको प्रवर्द्धन गर्न पाटन दरबार क्षेत्रमा शुक्रबार ‘एसियन गेम्स फर रन’ सम्पन्न गरिएको छ । सो कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १२ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको