प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा ३१ बाख्रा वितरण « Khabarhub

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा ३१ बाख्रा वितरण


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानलाई ३१ वटा बोयर जातका बोका–पाठा वितरण गरेको छ ।

परियोजनाले आज एक समारोहबीच उन्नत पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत बोयर जातको बोका २२ वटा र नौ वटा पाठीसहित ३१ वटा बोका पाठा वितरण गरेको हो ।

ती बोकापाठा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको परियोजना प्रमुख थिरलाल गैरेले बताए। जिल्लाका विभिन्न पालिकाबाट सहभागी कृषकलाई बागमती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठले वितरण गरेका थिए ।

गत साउनमा सूचना प्रकाशन गरी तयारी मापदण्डका आधारमा वितरण गरिएका बोकाहरू चिठ्ठाका आधारमा कृषकलाई वितरण गरिएको थियो ।

उन्नत बाख्राको व्यावसायीकरणमार्फत कृषकलाई आयआर्जन गराउने मुख्य उद्देश्यका साथ कार्यालयले दर्तावाला पशु समूह र सहकारी समूहहरूलाई वितरण गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

कार्यक्रमका अवसरमा परियोजना प्रमुख गैरेले परियोजनाको सहयोगले बाख्राहरूमा नश्ल सुधार भई त्यसबाट पशुपालक किसानले आर्थिकरूपमा फाइदा लिनसक्ने बताए।

जिल्लामा परियोजना लागू भएसँगै कार्यालयले उमाकुण्ड र गोकुलगङ्गामा आलु जोन, मन्थली र रामेछाप नगरपालिकामा जुनार जोन र मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा बाख्रा जोन कार्यक्रम छनोट गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

बाख्राजोन कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले उन्नत जातका बोका–पाठी वितरण, खोर निर्माण, घाँसेखेतीका लागि बीउ वितरण, पानी पोखरी निर्माण, मेसिनरी औजारवितरण, औषधि र उपचारजस्ता काममा सहयोग पु-याउँदै आएको कार्यालय प्रमुख गैरेले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सदस्य आनन्द श्रेष्ठले सबैको प्रयासमा रामेछाप जिल्ला मासुमा आत्मनिर्भर भएको भन्दै कृषकको थप जीवनस्तर उकास्नका लागि सरकारले आगामी आवबाट अन्य सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अवसरमा मन्थली नगरप्रमुख लव श्रेष्ठले परियोजनाले पालिकामा गरेको कामको प्रशंसा गर्दै गाउँमा बस्ने युवाशक्ति कमी भएको बेला व्यावसायिकरूपमा पशु तथा कृषि कर्म गर्दैै आएका कृषकलाई स्थानीय सरकारले पनि सहयोग गर्दै आएको भन्दै थप सहयोग गर्न पनि स्थानीय सरकार तयार रहेको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको