पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उनी आज स्वदेश फर्केका हुन् ।

भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गरेका थिए।

पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राख्नुभएको नेता खनालको सचिवालयले जनाएको छ । नेपालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उहाँले सो अवसरमा जानकारी गराएका थिए ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : १९ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको