किरात याक्थुङ चुम्लुङको राष्ट्रिय सम्मेलन चितवनमा सुरु हुँदै « Khabarhub

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय सम्मेलन चितवनमा सुरु हुँदै


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन आज चितवनमा सुरु हुने भएको छ।

किराँतीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यो संस्थाको आयोजनामा सम्मेलनमा १३ जिल्लाका २८८ प्रतिनिधिको सहभागिता रहनेछ।

भोलिसम्म चल्ने सम्मेलनले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छन् । यसैगरी ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुनेछ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी किराँतको जनसङ्ख्या रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : १६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक