नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै | Khabarhub Khabarhub

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

ट्याक्टर आगजनीको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि रिहा हुन लागेका हुन् ।

उनको रिहाइका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाइ आजै हुने कि भोलि भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन। यद्यपि, पार्टीका कार्यकर्ता भने जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन्।

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । एक दशक अगाडीको सो मुद्दामा छ महिना कैद भुक्तान नगरेको भन्दै प्रहरीले गत १९ माघमा पक्रेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ०२ बजे

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री  गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको

बीवाईडीले लन्च गर्‍यो अल-न्यु बीवाईडी एट्टो १, यस्तो छ अफर

काठमाडौं– साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक

अस्पताल विकास समितिहरूलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा तयार 

काठमाडौं– देशभरका  प्रमुख संघीय अस्पतालहरूलाई एउटै कानुनी संरचनामार्फत सञ्चालन तथा

हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरुले संसदीय मर्यादा