फालेलुङ गाउँपालिकाको केन्द्रको नाम फेरियो | Khabarhub Khabarhub

फालेलुङ गाउँपालिकाको केन्द्रको नाम फेरियो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ।

गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने  निर्णय गरेको हो।

नाम परिवर्तन गर्ने निर्णय भएसँगै गाउँपालिकाले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी अबोप्रान्त फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङमा परिवर्तन गरेको जानकारीसमेत गराइसकेको छ।

गाउँ कार्यपालिकाको गत २२ माघमा बसेको बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेपछि राजपत्रमा पकाशित गरिएको प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिएका छन्।

गाउँपालिका केन्द्र रहेको स्थानलाई परापूर्वकालदेखि थकेपुङ भनिँदै आएकोमा अपभ्रंश गरी थोक्लिम्बा भनिन थालेकोमा विरोध हुदैँ आएको थियो।

राजपत्रमा सूचना प्रकाशन भएसँगै अब उक्त स्थानलाई गाउँपालिका छापमा ‘फालेलुङ गाउँपालिका’को कार्यालय थकेपुङ पाँचथर’ भनेर उल्लेख गरिनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ११ : ०७ बजे

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन