भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा | Khabarhub Khabarhub

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि सामानको विवरण तयार गरेर उधारोमा भन्सार महसुल राख्नु परेको हो ।

चीनले यारी नाका एकतर्फी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल गर्न नसकेको बताएका छन् । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौं रहेको कारण सो भन्सार महसुल असुल गर्न उनी काठमाडौं पुगेका छन् ।

सबै व्यापारीसँग उनको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ। चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने ८ लाख २० हजार रुपैयाँ असुल गर्न बाँकी छ। भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ ।

असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ । अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ । पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो ।

जसमध्ये ३४ गाडीमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो । हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ४० बजे

बीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाऔं : सांसद श्रेष्ठ 

काठमाडौं– बागमती प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी– म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला