प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता खस्कियो « Khabarhub

प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता खस्कियो


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता तल झर्दै गएको पाइएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सले जारी गरेको प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तान १८० मुलुकमध्ये १५७ औँ स्थानमा रहेको छ ।

गत वर्ष पाकिस्तान १४५ औँ स्थानमा रहेको थियो । रिपोर्टर्स विथआउट बोर्डर्सले पाकिस्तानलाई सञ्चारकर्मीका लागि ‘घातक मुलुक’ को संज्ञा दिएको छ ।

रिपोर्टर्स विथआउट बोर्डर्सलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द न्युज डट कमले जनाएअनुसार उक्त मुलुकमा हरेक वर्ष तीनदेखि चार जना सञ्चारकर्मीको हत्या हुने गरेको छ ।

पाकिस्तानमा सञ्चारकर्मीलाई संरक्षण गर्ने बहानामा सरकार र सेनाको आलोचनालाई दबाउन कानूनको दुरुपयोग समेत हुने गरेको रिपोर्टर्स विथआउट बोर्डर्सको दाबी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : २५ बजे

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्