प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता खस्कियो | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता खस्कियो


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता तल झर्दै गएको पाइएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सले जारी गरेको प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तान १८० मुलुकमध्ये १५७ औँ स्थानमा रहेको छ ।

गत वर्ष पाकिस्तान १४५ औँ स्थानमा रहेको थियो । रिपोर्टर्स विथआउट बोर्डर्सले पाकिस्तानलाई सञ्चारकर्मीका लागि ‘घातक मुलुक’ को संज्ञा दिएको छ ।

रिपोर्टर्स विथआउट बोर्डर्सलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द न्युज डट कमले जनाएअनुसार उक्त मुलुकमा हरेक वर्ष तीनदेखि चार जना सञ्चारकर्मीको हत्या हुने गरेको छ ।

पाकिस्तानमा सञ्चारकर्मीलाई संरक्षण गर्ने बहानामा सरकार र सेनाको आलोचनालाई दबाउन कानूनको दुरुपयोग समेत हुने गरेको रिपोर्टर्स विथआउट बोर्डर्सको दाबी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : २५ बजे

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)

मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ

वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न