इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी « Khabarhub

इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको बताएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखले शुक्रबार पश्चिमी चिन्ताको केन्द्रविन्दु बनेका दुईवटा इरानी युरेनियम संवर्धन संयन्त्रको भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमलाई लिएर ‘व्यवहारको सीमा सङ्कुचित हुन थालेको’ चेतावनी दिएपछि इरानको भ्रमण गरेका हुन्‌ ।

ग्रोसीले शुक्रबार मध्य इरानमा नातान्ज र फोर्डो संवर्धन संयन्त्रहरूको भ्रमण गरेका आधिकारिक आइआरएनए (इर्ना) समाचार एजेन्सीले जनाएको छ ।

उनसँग इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरोज कमलभान्डी पनि भएका इर्नाले पोस्ट गरेको तस्बिरले देखाएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा बढेको छ । यद्यपि उनका टेक अर्बपति सहयोगी एलोन मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतलाई भेटेका न्युयोर्क टाइम्सले बिहीबार रिपोर्ट गरेको थियो ।

ट्रम्पको सङ्क्रमण टोली र संयुक्त राष्ट्रसङ्घका लागि इरानको मिसन दुवैले राजदूत सईद इरवानीसँगको भेटको पुष्टि गरेका छैनन् । इरानी मिसनले कुनै टिप्पणी नगरेको बताएको छ ।

ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा तेहरान र प्रमुख शक्तिहरूबीचको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौता त्याग्दै ‘अधिकतम दबाब’ को नीतिमा आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेका थिए ।

जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।

आइएइएका अनुसार ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने इरान एक मात्र गैर–आणविक हतियार मुलुक हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ०७ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै