‘जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गर्नेछौँ’ « Khabarhub

‘जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गर्नेछौँ’


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिएका हुन् ।

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे। उनले भने, ‘माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्ना आफ्ना कुरा मात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गर्नेछौँ ।’

प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेन्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने बताए। उनले केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको जानकारी दिए ।

‘पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर वामपन्थी धुव्रिकरणको बाटो अवलम्बन गर्नुपर्ने हुन्छ ।’ प्रधानमन्त्रीले भने’, केही समूहसँग तत्काल पार्टी एकतासमेतको सम्भावना देखिएको छ । यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ।’

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारीका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताए।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा भइसकेकाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षलाई हेर्दा संविधान, गणतन्त्र र शान्ति सम्झौताका लागि काम गरेका पार्टी एक ठाउँमा अभिनुपर्ने बेला आएको बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : १४ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि