संसद्को ध्यान प्रभावकारी ऐन कानून निर्माणतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे « Khabarhub

संसद्को ध्यान प्रभावकारी ऐन कानून निर्माणतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसद्को ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसद्को पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसद्को ध्यान दिनुपर्ने बताएका हुन् । संसद्को भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

 सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउनका लागी प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसद्प्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे । उनले आयोगले सीमित स्रोत साधनका बावजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समितिमात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे । बिभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामप्रति सरकार जवाफदेही हुने परिपाटी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले असमावेशिताको बुझाईमा एकरूपता आवश्यक पर्ने बताए । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरू, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केही समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए ।

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले बिभिन्न आयोगको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔँ र यसका अवसरहरूको उपयोग गरौँ भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : १५ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले