गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार आवश्यक « Khabarhub

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार आवश्यक


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

‘जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ’, उनले भने, ‘त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।’

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे । ‘कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको रु त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ’, पूर्वराष्ट्रपति डा यादवले भने । 

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवले पनि संघीयता चलाउने व्यक्तिको कमजोरीलाई देखाएर सिङ्गो व्यवस्थालाई नै गलत भन्नु अतिशयोक्ति हुने धारणा राखे । कार्यक्रममा प्रा डा पशुपतिनाथ झाले नैतिकताबिनाको लोकतन्त्र सधैँ संकटमा पर्ने भन्दै सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे।

जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीले विगतमा दलहरूले गरेको कमजोरीले पटक-पटक व्यवस्थामाथि संकट आएकाले लोकतन्त्रको सुदृढीकरणका लागि सत्ता राजनीतिभन्दा माथि उठेर प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए। उनले अहिले दलहरूले गरिरहेका क्रियाकलापले पूर्वशासनाधिकारीलाई लाभ पुगिरहेकाले व्यवस्थालाई जोगाउनका लागि पनि सबै दल मिलेर अगाडि बढ्न आग्रह गरे । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ०४ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि