गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार आवश्यक | Khabarhub Khabarhub

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार आवश्यक


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

‘जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ’, उनले भने, ‘त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।’

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे । ‘कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको रु त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ’, पूर्वराष्ट्रपति डा यादवले भने । 

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवले पनि संघीयता चलाउने व्यक्तिको कमजोरीलाई देखाएर सिङ्गो व्यवस्थालाई नै गलत भन्नु अतिशयोक्ति हुने धारणा राखे । कार्यक्रममा प्रा डा पशुपतिनाथ झाले नैतिकताबिनाको लोकतन्त्र सधैँ संकटमा पर्ने भन्दै सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे।

जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीले विगतमा दलहरूले गरेको कमजोरीले पटक-पटक व्यवस्थामाथि संकट आएकाले लोकतन्त्रको सुदृढीकरणका लागि सत्ता राजनीतिभन्दा माथि उठेर प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए। उनले अहिले दलहरूले गरिरहेका क्रियाकलापले पूर्वशासनाधिकारीलाई लाभ पुगिरहेकाले व्यवस्थालाई जोगाउनका लागि पनि सबै दल मिलेर अगाडि बढ्न आग्रह गरे । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ०४ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको