ठाकुरलाई राष्ट्रपति बनाउन लोसपा नेताहरूको दौडदुप « Khabarhub

ठाकुरलाई राष्ट्रपति बनाउन लोसपा नेताहरूको दौडदुप


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरु बालकोट पुगेका छन्।

ठाकुरसहित गएका लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको साझा ब्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर साँभ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफुलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयौं ।’

उनका अनुसार ओलीसँग साँझ भेटे पछि भोली बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि