चितवन– २ को उपनिर्वाचनमा जनमोर्चाले उम्मेदवारी दिने « Khabarhub

चितवन– २ को उपनिर्वाचनमा जनमोर्चाले उम्मेदवारी दिने


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी १० बैशाखमा हुने चितवन– २ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन– २ बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले नेपालको उनको उम्मेदवारी बिरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो ।

‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको साबभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यबाद ज्ञापन गरेको थियो । लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसि ब्यक्त गर्दै आएको जनमोर्चाले उनको बिरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ ।

चितवन– २मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीवाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ०७ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक