अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे « Khabarhub

अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए ।

“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए । भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए ।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उहाँले जोड दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : २७ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको