शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै « Khabarhub

शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले शुद्ध खानेपानी व्यवस्थापन गराउन वर्तमान सरकार अगाडि बढिरहेको बताएका छन् । विदुर खानेपानी योजना निरीक्षणका क्रममा रसुवाको बेत्रावती पुगेका मन्त्री खानले सन् २०३० भित्र सबै नेपालीलाई खानेपानीको व्यवस्थापन गर्ने सरकारको नीति अनुरूप हिमाली जिल्ला रसुवाका गाउँगाउँमा खानेपानीको व्यवस्थापकीय कार्यका लागि आफू निरन्तर अगाडि बढ्ने बताए ।

धार्मिक र ऐतिहासिक क्षेत्रका स्थानमा खानेपानीको आवश्यकतासम्बन्धी राखिएको जिज्ञासामा मन्त्री खानले अन्तर्राष्ट्रिय नाका रसुवागढी, गोसाइँकुण्ड मार्गका अत्यावश्यक स्थान, पर्यटकीय क्षेत्र लाङटाङ मार्ग तथा उत्तरगया क्षेत्रमा अध्ययन गराई व्यवस्थापनको कार्यमा अगाडि बढ्ने जानकारी दिए ।

‘एक घर एक धारा’ को अवधारणाअनुरूप सबै नागरिकका घरघरमा पानी व्यवस्थापनका लागि नीतिमा कुनै कमजोर नभएको र कार्यान्वयनमा मात्र कमी भएको स्पष्ट पार्दै मन्त्री खानले जनताको जीवनसँग जोडिएको खानेपानीको काम अगाडि बढाउन वर्तमान सरकार तीव्ररूपमा अगाडि बढ्ने स्पष्ट पारे । अब बन्ने खानेपानीका संरचना संरक्षणमा आम उपभोक्तालगायत सबै क्षेत्रको सहयोग अपरिहार्य भएको उनको भनाइ थियो ।

जलस्रोत ऐन, २०४९ परिमार्जनसहितको २०७९, ऐन जारी भई जल व्यवस्थापन र उपभोगमा स्पष्ट खाका बनी सकेको बताइएको छ । मन्त्री खानले रसुवा तथा नुवाकोट जिल्लाको सिमानामा अवस्थित उत्तरगया धाम बेत्रावतीको भ्रमण गरी त्यस क्षेत्रको विद्यमान खानेपानीका समस्याप्रति अभिरूचिपूर्वक जानकारी लिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २२ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर