सलमान–कट्रिनाबीच विवाह भएको दृष्य भाइरल ! « Khabarhub

सलमान–कट्रिनाबीच विवाह भएको दृष्य भाइरल !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सलमान खानका फ्यानहरुका लागि पछिल्लो समय केवल दुई वटा कुराको मात्र प्रतिक्षा हुन्छ । एउटा सलमानको नयाँ फिल्म र अर्को उनको विवाह ।

नयाँ चलचित्र भन्दा पनि उनको विवाहको लागि फ्यानहरु निकै प्रतिक्षित भएको हालौ भाइरल बनेको सलमान र कट्रिनाको बिहेले पुष्टि हुन्छ । त्यसो त सलमान खान र कट्रिना कैफको विवाह भए के होला ? कुनैबेला यस्तो अनुमान सामान्य मानिन्थ्यो । पछि उनीहरुको ब्रेकअप भयो ।

अहिले कट्रिना सिंगल छिन् । साथै उनी पूर्वप्रेमी सलमानकै आसपासमा छिन् । हालैमात्र कट्रिना सलमानको फिल्म ‘भारत’मा देखिइन् । त्यही फिल्मको एउटा भिडियो अहिले भाइरल बनेको हो । जहाँ सलमान खान तथा कट्रीना कैफ विवाह गरिरहेका छन् ।

सलमानको नाम थुप्रै अभिनेत्रीहरुसँग जोडिइसकेको छ । थुप्रै अभिनेत्रीहरुसँग उनको रिलेशनशीप पनि भैरहेको छ, यद्यपि विवाहका कुरामा भने उनी भागिरहेका छन् । वास्तविक जीवनमा सलमान विवाहबाट भाग्ने क्रम जारी नै रहे पनि रील लाइफमा भने उनले धेरै पटक विवाह गरिसकेका छन् ।

सलमानका डिजाइनर एश्ले रिलेबोद्वारा शेयर गरिएको उक्त भिडियोमा सलमानले कट्रीनासंग विवाह गरिरहेको देखिन्छ भने बाँकी मानिसहरुले उनीहरुमाथि फूल वर्षाइरहेका छन् ।

त्यसो त स्वयं सलमानका बुवा सलीम खानले पनि यो प्रसंगमा आफ्ना छोरासंग हार मानिसकेका छन् । उनलाई पनि आफ्नो छोरा दुलाहा बनेको हेर्ने चाहाना राख्दै आएका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ५५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।