सलमान–कट्रिनाबीच विवाह भएको दृष्य भाइरल ! | Khabarhub Khabarhub

सलमान–कट्रिनाबीच विवाह भएको दृष्य भाइरल !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सलमान खानका फ्यानहरुका लागि पछिल्लो समय केवल दुई वटा कुराको मात्र प्रतिक्षा हुन्छ । एउटा सलमानको नयाँ फिल्म र अर्को उनको विवाह ।

नयाँ चलचित्र भन्दा पनि उनको विवाहको लागि फ्यानहरु निकै प्रतिक्षित भएको हालौ भाइरल बनेको सलमान र कट्रिनाको बिहेले पुष्टि हुन्छ । त्यसो त सलमान खान र कट्रिना कैफको विवाह भए के होला ? कुनैबेला यस्तो अनुमान सामान्य मानिन्थ्यो । पछि उनीहरुको ब्रेकअप भयो ।

अहिले कट्रिना सिंगल छिन् । साथै उनी पूर्वप्रेमी सलमानकै आसपासमा छिन् । हालैमात्र कट्रिना सलमानको फिल्म ‘भारत’मा देखिइन् । त्यही फिल्मको एउटा भिडियो अहिले भाइरल बनेको हो । जहाँ सलमान खान तथा कट्रीना कैफ विवाह गरिरहेका छन् ।

सलमानको नाम थुप्रै अभिनेत्रीहरुसँग जोडिइसकेको छ । थुप्रै अभिनेत्रीहरुसँग उनको रिलेशनशीप पनि भैरहेको छ, यद्यपि विवाहका कुरामा भने उनी भागिरहेका छन् । वास्तविक जीवनमा सलमान विवाहबाट भाग्ने क्रम जारी नै रहे पनि रील लाइफमा भने उनले धेरै पटक विवाह गरिसकेका छन् ।

सलमानका डिजाइनर एश्ले रिलेबोद्वारा शेयर गरिएको उक्त भिडियोमा सलमानले कट्रीनासंग विवाह गरिरहेको देखिन्छ भने बाँकी मानिसहरुले उनीहरुमाथि फूल वर्षाइरहेका छन् ।

त्यसो त स्वयं सलमानका बुवा सलीम खानले पनि यो प्रसंगमा आफ्ना छोरासंग हार मानिसकेका छन् । उनलाई पनि आफ्नो छोरा दुलाहा बनेको हेर्ने चाहाना राख्दै आएका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ५५ बजे

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो