एमाले सांसद पन्तद्वारा विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

एमाले सांसद पन्तद्वारा विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले पछिल्ला समय विदेशी चलखेल बढेको भन्दै विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका विषयबारे प्रश्न उठाएका छन् ।

उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिको चुनावअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाए । राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरे ।

त्यस्तै पन्तले नेपालको राष्ट्रपति चयनमा भारतका कूटनीतिज्ञहरुले देखाएको चासो प्रति पनि आपत्ती जनाए । बैठकमा उनले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनु लाजमर्दो अवस्था भएको टिप्पणी समेत गरे ।

नेपाल मामिलाबारे चासो राख्ने भारतीय बुद्धिजीवी एसडी मुनीको ट्विटप्रति लक्षित गर्दै सांसद पन्तले यस्तो टिप्पणी गरेका हुन् । केही दिनअघि मुनीले ट्वीटरमा देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिँदै उनीहरु राष्ट्रपतिका लागि उपयुक्त भएको बताएका थिए ।

‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ कस्तो दिन आयो ?’ सांसद पन्तले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ०४ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा