निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट | Khabarhub Khabarhub

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएबापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जरिवाना सजाय माफी मिनाहा गर्ने निर्णय बदर गर्न माग गर्दै बुधबार रिट दायर गरेका हुन् । बुधवार दर्ता भएलगत्तै सो रिटको पेशी १२ गतेका लागि तोकिएको छ । अदालतका अनुसार उक्त रिटको पेशी १२ गते बिहान १० बजेका लागि तोकिएको हो ।

निर्वाचन आयोगले तोकिएको समयमा खर्च विवरण नबुझाउनेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानिय तहका उम्मेदवारलाई जरिवानाको माफी दिने निर्णय गरेपछि सर्वोच्च अदालमा रिट परेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : २० बजे

चीन पुगे किम, के खास छ हरियो रेलमा ?

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कास्की– पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

काठमाडौं– निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा

लुम्बिनी प्रदेश : विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३

बसुन्धरा–कोटेश्वर खण्डमा जग्गा विवाद भएपछि चीनले उठायो हात

काठमाडौँ – चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०७५