बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस् « Khabarhub

बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

शरीरको तापक्रम ३७ डिग्री वा ९८ डिग्री फरेनहाइट भयो भने ज्वरो आएको भनिन्छ । शरीरमा कुनै किटाणुको सङ्क्रमण भएमा दिमागमा भएका कोषहरूको प्रतिरोधात्मक रियाक्सनले गर्दा ज्वरो आउँछ । ज्वरोले शरीरमा केही नकारात्मक असर भएको सङ्केत गर्छ ।

मेरो बच्चाको निधार तातो हुन्छ, उसलाई ज्वरो आएको हो ?

छोएर ज्वरोको मापन गर्ने तरिका उपयुक्त होइन । शरीरको तापक्रम डिजिटल थर्मामिटरले मापन गर्नुपर्छ ।

ज्वरो आउनु प्रमुख कारण के हो ?

किटाणुको सङ्क्रमण हुँदा ज्वरो आउँछ । शरीरमा पानीको मात्रा कम हुँदा पनि ज्वरो आएको पाइन्छ । कुनै खोप लगाएपछि प्रतिक्रियास्वरूप पनि ज्वरो आउनसक्छ । प्रायः ज्वरोका कारण साधारण हुन्छन् ।

बच्चालाई ज्वरो आउँदा के गर्ने ?

ज्वरो आएको बच्चालाई सजिलो महसुस गराउनु पर्छ । उसलाई धेरै लुगा लगाइदिनु हुँदैन । मौसम अनुसार कपडा लगाउनु पर्छ । बच्चालाई पर्याप्त मात्रामा पानी पिउन दिनु पर्छ । ज्वरो आएमा पानी पट्टी पनि प्रयोग गर्न सकिन्छ र लगातर टाउकोदेखि पैतालासम्म पुछ्ने गर्दा पनि ज्वरो निको हुन्छ । चिकित्सकको सल्लाहबमोजिम औषधि पनि दिनु पर्छ ।

ज्वरो आएको बच्चालाई कुन एन्टिबायोटिक्स दिने ?

बच्चालाई प्राय कीटाणु सङ्क्रमणका कारण ज्वरो आएको हुन्छ । बच्चालाई जथाभावी एन्टिबायोटिक्स दिनु हुँदैन डाक्टरको सल्लाहले दिनुपर्छ ।

ज्वरो कतिबेला चिन्ताजनक हुन्छ ?

ज्वरो आएको बेला शरीर सुस्त हुने, बान्ता चल्ने, टाउको दुख्ने, शरीर अररो भएमा ज्वरोलाई चिन्ताजनक मान्न सकिन्छ । १ सय ४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो लगातार पाँच दिन आएमा पनि सावधानी अपनाउनुपर्छ ।

ज्वरो आउँदा बच्चालाई स्कुल पठाउनु हुन्छ कि हुँदैन ?

अरु कुनै लक्षण नहुँदा साधारण ज्वरो आएको खण्डमा स्कुल पठाउन मिल्छ । तर, कम्तीमा एक दिन बच्चालाई आराम गर्न दिनुपर्छ । अरुलाई पनि ज्वरोको सङ्क्रमण हुने हुँदा बच्चालाई भरसक ज्वरो आउँदा स्कुल नपठाएको राम्रो हुन्छ । कहिलेकाहीँ सरुवा रोगको कारण पनि ज्वरो आउने भएको हुनाले अरु बच्चाहरूलाई सर्न सक्ने खतरा हुन्छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : ०१ बजे

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा