बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस् « Khabarhub

बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

शरीरको तापक्रम ३७ डिग्री वा ९८ डिग्री फरेनहाइट भयो भने ज्वरो आएको भनिन्छ । शरीरमा कुनै किटाणुको सङ्क्रमण भएमा दिमागमा भएका कोषहरूको प्रतिरोधात्मक रियाक्सनले गर्दा ज्वरो आउँछ । ज्वरोले शरीरमा केही नकारात्मक असर भएको सङ्केत गर्छ ।

मेरो बच्चाको निधार तातो हुन्छ, उसलाई ज्वरो आएको हो ?

छोएर ज्वरोको मापन गर्ने तरिका उपयुक्त होइन । शरीरको तापक्रम डिजिटल थर्मामिटरले मापन गर्नुपर्छ ।

ज्वरो आउनु प्रमुख कारण के हो ?

किटाणुको सङ्क्रमण हुँदा ज्वरो आउँछ । शरीरमा पानीको मात्रा कम हुँदा पनि ज्वरो आएको पाइन्छ । कुनै खोप लगाएपछि प्रतिक्रियास्वरूप पनि ज्वरो आउनसक्छ । प्रायः ज्वरोका कारण साधारण हुन्छन् ।

बच्चालाई ज्वरो आउँदा के गर्ने ?

ज्वरो आएको बच्चालाई सजिलो महसुस गराउनु पर्छ । उसलाई धेरै लुगा लगाइदिनु हुँदैन । मौसम अनुसार कपडा लगाउनु पर्छ । बच्चालाई पर्याप्त मात्रामा पानी पिउन दिनु पर्छ । ज्वरो आएमा पानी पट्टी पनि प्रयोग गर्न सकिन्छ र लगातर टाउकोदेखि पैतालासम्म पुछ्ने गर्दा पनि ज्वरो निको हुन्छ । चिकित्सकको सल्लाहबमोजिम औषधि पनि दिनु पर्छ ।

ज्वरो आएको बच्चालाई कुन एन्टिबायोटिक्स दिने ?

बच्चालाई प्राय कीटाणु सङ्क्रमणका कारण ज्वरो आएको हुन्छ । बच्चालाई जथाभावी एन्टिबायोटिक्स दिनु हुँदैन डाक्टरको सल्लाहले दिनुपर्छ ।

ज्वरो कतिबेला चिन्ताजनक हुन्छ ?

ज्वरो आएको बेला शरीर सुस्त हुने, बान्ता चल्ने, टाउको दुख्ने, शरीर अररो भएमा ज्वरोलाई चिन्ताजनक मान्न सकिन्छ । १ सय ४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो लगातार पाँच दिन आएमा पनि सावधानी अपनाउनुपर्छ ।

ज्वरो आउँदा बच्चालाई स्कुल पठाउनु हुन्छ कि हुँदैन ?

अरु कुनै लक्षण नहुँदा साधारण ज्वरो आएको खण्डमा स्कुल पठाउन मिल्छ । तर, कम्तीमा एक दिन बच्चालाई आराम गर्न दिनुपर्छ । अरुलाई पनि ज्वरोको सङ्क्रमण हुने हुँदा बच्चालाई भरसक ज्वरो आउँदा स्कुल नपठाएको राम्रो हुन्छ । कहिलेकाहीँ सरुवा रोगको कारण पनि ज्वरो आउने भएको हुनाले अरु बच्चाहरूलाई सर्न सक्ने खतरा हुन्छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : ०१ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि