पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्रा.डा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ ।     

चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए । 

कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनीहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए। 

कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उनीहरूको भनाइ छ । कला, शिक्षा तथा कानुन सङ्कायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ ।

विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, यसमा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए। 

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा संकायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १२ : ०३ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,