खुट्टा काटेपछि कुशल नृत्यंगना बनिन् यी सुन्दरी (फोटोफिचर) « Khabarhub

खुट्टा काटेपछि कुशल नृत्यंगना बनिन् यी सुन्दरी (फोटोफिचर)


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसलाई हिडडुल गर्न खुट्टाको साहारा चाहिन्छ । तर, अचम्म के छ भने बेलायतकी एक युवती आफ्नो खुट्टा काटेपछि मात्र कुशल नृत्यंगना बनेकी छन् ।

खासमा कुरा के थियो भने उनी बाल्यकालमा दुर्घटनामा परेपछि उनको बाँया हिप र खुट्टामा समस्या परेको थियो । जसका कारण उनीभित्रको प्रतिभा कुन्ठित थियो । दुर्घटनाकै कारण उनी हिडडुल गर्न सक्ने अवस्था समेत टर्दै जाने सम्भावना बढ्दै गएको थियो ।

बारम्बार उनी आफ्नो खुट्टा काट्न चाहान्थिन् । तर डाक्टर झन खतरा हुने अवस्था देखेर खुट्टा काट्न मानिरहेका हुन्थेनन् । बेलायती यी युवतीले आफ्नो खुट्टा काट्नकै लागि डाक्टरलाई पाँच वर्षसम्म फकाउनुपरेको थियो ।

खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक कुशल गायिका तथा डान्सरको रुपमा स्थापित गरेकी छिन् । ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले खुट्टा काटिएपछि विभिन्न डिजाइनका नक्कली खुट्टाको साहारामा कार्यक्रममा प्रस्तुत हुन्छिन् । हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा भएको एक प्रस्तुतिले उनको व्यापक चर्चा भइरहेको छ ।

लात्भियामा जन्मिएकी उनी हाल अमेरिकामा बस्छिन् । उनी १२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णयमा पुगेकी थिइन् ।

उनले भिक्टोरियामा एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि जीवनमा धेरै खुसी पाएँ । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले हेरिनन् । मलाई अनाथालय पठाउन दबाब समेत दिइएको थियो ।’

बाल्यकालदेखि नै परेको बज्रपातलाई उनले साहसमाब बदल्लै आफूभित्रको खुबी अहिले आम दर्शकमाझ पस्किँदै आएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ४१ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको