नेपालद्वारा कुवेतलाई ३ सय ४४ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा कुवेतलाई ३ सय ४४ रनको लक्ष्य


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाई नेपालले विशाल लक्ष्य दिएको हो । 

मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।

कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।
उता अर्जुनले पनि १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । 

यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा