सरकारको समीक्षा गर्न सिंहदरबारमा बैठक « Khabarhub

सरकारको समीक्षा गर्न सिंहदरबारमा बैठक


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा गरेका कामको मन्त्री तथा सचिवहरुले समीक्षा गर्दैछन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज (बिहीबार) बोलाइएको बैठकमा सरकारका मन्त्री तथा सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा बैठकमा छलफल हुनेछ । दुई तिहाईको सरकार भएर पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले भने आफ्नो लक्ष्यअनुसार नै अघि बढेको दाबी गरिरहेको छ ।

काम भन्दा कुरा बढी, भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा जस्ता सवालमा सरकार चुकेको भन्दै आलोचना भइरहेको छ । यस्तै गुठी विद्येयक, मिडिया काउन्सिल विद्येयक लगायतले पनि सरकारलाई निकै आलोचित बनाएको छ ।

पूँजिगत खर्च पनि कछुवा गतिमा छ । सरकारले यो वर्ष गरेको कामको समीक्षा र राष्ट्रिय प्राथमिकता प्राप्त ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँबरले जानकारी दिए ।

यस्तै जनताका सेवासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने छ । चालु आर्थिक वर्षलाई संघियता कार्यान्वयनको वर्षका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षबाट विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : ५४ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग