श्रीलङ्कामा स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन « Khabarhub

श्रीलङ्कामा स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काको निर्वाचन आयोगले गत वर्ष संसद्बाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन गरेको छ ।

मार्च ९ मा हुने घोषणा गरिएको स्थानीय चुनावलाई रनिल विक्रमासिङ्घेले जुलाईमा पदभार ग्रहण गरेयताको पहिलो चुनावी परीक्षा हुन मानिएको थियो । यसलाई धेरैले अन्तर्राष्ट्रिय मुद्रा कोषको कर्जा सम्झौता सुरक्षित गर्ने क्रममा उनले लागू गरेका अलोकप्रिय मितव्ययिताका उपायहरूबारे वास्तविक जनमत सङ्ग्रहको रूपमा हेरेका थिए ।

राष्ट्रपति विक्रमासिङ्घेको प्रशासनले निर्वाचनका लागि आवश्यक १० अर्ब भारु (दुई करोड ७० लाख अमेरिकी डलर) र लजिस्टिक सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ । विक्रमासिङ्घेले आर्थिक सङ्कटका बेला निर्वाचन गर्नु विनाशकारी हुन सक्ने संसद्लाई चेतावनी दिएको एक दिनपछि यो घोषणा गरिएको हो ।ए

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ५३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण