युक्रेनी सैनिकको सम्मानमा बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए « Khabarhub

युक्रेनी सैनिकको सम्मानमा बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लन्डन – प्रधानमन्त्री ऋषि सुनक रुसविरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानलाई सम्मान गर्न बिहान डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल भएका छन्।

सो अवसरमा प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन्।

‘हाम्रो महादेशमा युद्ध सुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु,’ सुनकले डाउनिङ स्ट्रिटमा जम्मा हुनु अघि भने, ‘युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन्। यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ।’

यसअघि प्रधानमन्त्री सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तर्राष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए। रूस र युक्रेन  बिच युद्ध सुरू भएको एक वर्ष नाघेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ५० बजे

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको