रुकुम पूर्वमा कोभिडको बुस्टर मात्रा आजदेखि « Khabarhub

रुकुम पूर्वमा कोभिडको बुस्टर मात्रा आजदेखि


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व- आजबाट कोभिड–१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ। पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका–५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ ।

खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ। यसअघि कोभिड–१९ को पहिलो, दोस्रो मात्रा पूरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई छ महिना अवधि पुगेका ५ र ६ नं वडाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं ल्याब टेक्निसियन निमप्रसाद गिरीले बताए। उनका अनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिलाई खोप लगाइनेछ ।

यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुमालबारा स्वास्थ्यचौकी, टाकुराको आँखा उपचार केन्द्र नजिकै, रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ भने ६ नं वडामा छिप्रीदहको विन्द्यावासिनीको मन्दिर प्राङ्गणबाट खोप लगाइने सूचना अधिकारी गिरीले बताए। छुटेकालाई रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ । अहिले जिल्लामा तीन सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ। अब दोस्रो चरणमा आएको खोप क्रमशः भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : १७ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ