सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु « Khabarhub

सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको छ।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुरु भएको हो।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो।

उक्त सर्त खारेज गर्नुपर्ने जिकिरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो।

पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो। सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १ : ०९ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट