सन्दीपको मुद्दाको पेशी आज, विदेश जान पाउने/नपाउने निर्णय हुने | Khabarhub Khabarhub

सन्दीपको मुद्दाको पेशी आज, विदेश जान पाउने/नपाउने निर्णय हुने


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ।

आइतबार आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिम मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

एक नाबालिग माथि बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन । जस विरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइरहेको हो ।

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाइ नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजलासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसला हुने निर्णय हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ०४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’