विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक | Khabarhub Khabarhub

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए-४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको उजुरी परेको थियो ।

विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनले भने, ‘विमान परिचारिकामाथि दुव्र्यवहार गरेका विषयमा उजुरी परेको छ, यस विषयमा सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ, छानविन नसकिञ्जेल त्यो उडानका पाइलटको उडानमा रोक लगाएका छौँ ।’ 

उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारीसमेत गराइएको जनाएको छ । छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : २४ बजे

अर्जुनरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रपुर– रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

काभ्रेपलाञ्चोक– स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत– पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो