भारतीय पत्रबारे थाहा नदिएपछि रिसाए प्रधानमन्त्री, जानकारी किन दिइएन खोजी गरिने | Khabarhub Khabarhub

भारतीय पत्रबारे थाहा नदिएपछि रिसाए प्रधानमन्त्री, जानकारी किन दिइएन खोजी गरिने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।” उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै प्रधानमन्त्रीले भने‘‘ कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’ उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ३१ बजे

बालेनलाई कटाक्ष र ओलीको प्रशंसा गर्दै सुनितको तर्क- स्टन्ट र अरूलाई गाली गरेर देश बन्दैन

काठमाडौं- काठमाडौं उपमहानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपाली युवा सकारात्मक ऊर्जा

रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि

तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

काठमाडौं– सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने

यस्तो देखियो एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको

राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव रक्तदान गरेर मनायो 

काठमाडौं– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव मनाएको छ ।