निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी « Khabarhub

निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवकको उपचारको व्यवस्था गर्नेगरी अस्पतालको विकास गर्नुपर्ने बताए । उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताए । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राखेका थिए । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धि विकासतर्फ आफूले ध्यान दिने उनको भनाइ छ ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए । उनले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।

अस्पतालका उपसचिव कृष्ण सापकोटाले चालू आवमा चार सय शैय्या पुर्‍याउने बताए । उनले प्रदेश तहमा अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सहज रुपमा सेवा उपलब्ध गराउने बताए । चालू आव भित्रमा एमआरआई, कार्डियो, युरोलोजी, न्यूरो, रेडियोथेरापी सेवा सुरु गर्ने उनले जानकारी दिए । चीन सरकारको सहयोगमा निर्माण गरिएको सो अस्पतालले २०६५ चैत १६ गतेदेखि बहिरङ्ग सेवा सुरु गरेको हो । अस्पतालमा हाल ७५ प्रतिशत सर्वसाधारण र २५ प्रतिशत कर्मचारी उपचारका लागि आउने गरेका बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ०६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव