विश्वविद्यालय अनुदान आयोगको नीतिमा समावेश गर्न माग « Khabarhub

विश्वविद्यालय अनुदान आयोगको नीतिमा समावेश गर्न माग


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान संगठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । 

स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान उद्देश्य र कार्यक्रमअनुसार पर्याप्त बजेट उपलब्ध हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको जनाउँदै प्रदेशस्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको यही फागुन १४ मा बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न संयुक्त भेला आयोजना गरी विश्वविद्यालय अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका हुन् ।

प्रदेश नं १ मा मोरङको बूढीगङ्गा गाउँपालिका हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघीय सरकारको विश्वविद्यालय अनुदान आयोगले अझैसम्म प्रदेशमा स्थापना भएका ‘युनिभर्सिटी’ र शैक्षिक प्रतिष्ठानहरूलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको छैन । 

यसले गर्दा प्रदेशमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले विभिन्न समस्या झेलिरहनुपरेको छ । ‘यसैले पहिलोपल्ट १४ फागुनमा संयुक्त भेला आयोजना गरी समस्या समाधानका लागि प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले चार बुँदे घोषणापत्र जारी गर्नुपरेको हो’, उनले भने।

उपकुलपति डा पोखरेलका अनुसार हैटौँडामा सम्पन्न प्रदेशस्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको भेलाले प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गतका कार्यक्रम सञ्चालन, अनुसन्धान तथा पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकारसँग अनुदान उपलब्ध गराउन माग पनि गरेको छ ।

यसैगरी भेलाले चिकित्सा शिक्षा ऐन, २०७७ को दफा ९१७० को ७ बमोजिम छात्रवृत्ति प्रदान गर्न चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार बजेट उपलब्ध गराउन प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।

भेलामा प्रदेश नं १ को मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा पोखरेल, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटा, बागमती प्रदेशका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशी र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा विनोदकुमार यादवलगायतको सहभागिता थियो । 

भेलाले प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको स्तरोन्नतिका लागि संयुक्तरूपमा अनुदान आयोग र संघीय सरकारसँग अन्तरक्रिया गर्ने, थप ज्ञापनपत्र बुझाउने र प्रदेशस्तरीय संयुक्त सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : २९ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्