लमजुङमा आगलागी हुँदा वृद्धाको मृत्यु « Khabarhub

लमजुङमा आगलागी हुँदा वृद्धाको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङमा आगलागीमा परी एक जना वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँकी कामीको टहरासँगै जलेर मृत्यु भएको हो ।

सोमबार राति टहरामा आगलागी हुँदा सुतिरहेकी उनको जलेरै मृत्यु भएको देखिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार हाँकी कामी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गर्थिन् ।

उनलाई रेखदेख गरिरहने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आएकी थिइन् । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् ।

छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका इन्सपेक्टर राजन तिमिल्सिनाले बताए ।

चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनि राखेका दाउरामा आगो सल्केको र खाटमा सुतिरहेकी उनी जलेको देखिएको उनले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ५ : ३१ बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका