मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र | Khabarhub Khabarhub

मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए।

एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ हजार ५ सय मलेसियन रिंगेट तलब र खाने बस्ने सुविधा रहेको भन्दै उनीहरूलाई विगत पाँच महिना अघिमात्र मलेसिया पठाएको थियो । त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएको उनीहरूले बताएका छन् ।

‘हामी यहाँ आएको पाँच महिना भयो सुरुको दुई महिना राम्रै भयो,’ गोपालले खबरहबसँग भने, अहिले तीन महिना भयो कोठामा बसेको न कम्पनीले काम दिन्छ न त खाना खाने पैसा नै दिन्छ, अहिले हामी भोक भोकै छौ ।’

‘चर्को ब्याजदर ऋण काढेर आएका हौ, हामीले परिवार पनि पाल्नुपर्छ,’अर्का पीडित दिलीप कुमार माझीले प्रश्न गरे, ‘ परिवारलाई के पठाउने,अब हामी यहाँ नबस्ने निर्णयमा पुगेका छौँ, हामीलाई चाँडो उद्धार गर्नुहोस् ।’

म्यानपावर कम्पनीलाई सम्पर्क गर्दा आज हुन्छ, भोलि हुन्छ, हामी अर्को कम्पनीमा सेटल गर्छौ भन्दै झुक्क्याउने गरेको पीडितहरूले बताएका छन् । पछिल्लो समय त म्यानपावरले फोन नउठाएको र उठाए पनि जे गर्छौ गर भन्दै धम्क्याउने गरेको उनीहरूले गुनासो पोखेका छन्।

मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुन्ने तर जवाफ नदिएरै फोन राख्ने गरेको बताएका छन् । प्रतिव्यक्ति २ लाख ७० हजार बुझाएर उनीहरू मलेसिया पुगेका हुन्।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरुमा हरिराम महरा चमार,गणेश कुमार यादव,शिव कुमार महतो, घुरन महतो, गोपाल शाह हुलवाई, अरुण पासवान, दिलीप कुमार माझी र सुबोद कुमार महरा रहेका छन् ।

पीडितहरू अलपत्र परेकोबारे खबरहबले ओशो म्यानपावरका प्रतिनिधिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : २० बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य