चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित « Khabarhub

चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

काठमाडौं बुधबार अबेर सम्पन्न २३औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सीमित भए । संगठनतर्फको उपाध्यक्षमा विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सीमित भए ।

सचिव खुलामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल आएका छन् । यसैगरी समावेशी सदस्यमा मोहम्मद जलिम र महिला सदस्यमा सुष्मा कार्की चयन हुँदा सदस्यमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाईँ, सिपी जैसी र सुरेन्द्र थापा आएका छन्।

अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा नेकपा एमालेनिकट प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएको माधव तिवारीले जानकारी दिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : २६ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन