कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको अनुगमन  « Khabarhub

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको अनुगमन 


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। 

कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। 

कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। 

अनुगमन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रुत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ। 

केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ।

केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ५ : ०२ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल