विमानस्थल नागरिकको पहुँचमा हुनुपर्नेमा पर्यटनमन्त्री किरातीको जोड « Khabarhub

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्नेमा पर्यटनमन्त्री किरातीको जोड


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गरे ।

‘हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ’, पर्यटनमन्त्री किरातीले भने , ‘मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहुँचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।’

अन्तर मन्त्रालयको सम्बन्ध र मातहत निकायबीचको समन्वय नहुँदा यात्रुले सास्ती बेहोर्नु परेकोतर्फ लक्षित गर्दै मन्त्री किरातीले नागरिकले सरल र सहजरूपमा सेवा पाउनेगरी सरकारी निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थललाई यात्रुमैत्री बनाउन आवश्यक पूर्वाधार, बाहिर काउन्टर, घण्टाैँ लाइन बस्नुपर्ने अवस्था समाधान गर्न आग्रह गरे । विमानस्थलमा आवश्यक काउन्टर थप्न, बोर्डिङ लिने ठाउँसम्म अशक्त मानिसलाई सहयोग गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।

सुरक्षाका नाममा नागरिकले अनावश्यक दुःख पाउनु हुँदैन भन्दै मन्त्री किरातीले सुरक्षा संवेदनशीलतासँगै नागरिक सेवा सहजीकरणतर्फ पनि ध्यान दिन निर्देशन दिए। उन विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन भएर यात्रुले सास्ती बेहोर्नुपरेको समाचारले नकारात्मक प्रभाव परेको उल्लेख गरे । 

‘तत्काल विमानस्थलमा देखिएको बेथिति नसुध्रिए सारा प्रमाणसहित सार्वजनिक गर्न म बाध्य हुनेछु । अब यो बेथितिको अन्त्य हुनुपर्छ, आम नागरिकको पहुँचमा विमानस्थल हुनुपर्छ, एयरपोर्ट सुन्दर हुनुपर्छ, विमानस्थलका सबै कर्मचारी सभ्य हुनुपर्छ’, उनले भने । सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), विमानस्थलका प्रमुख तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु सहभागी थिए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : १९ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र