विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने « Khabarhub

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ।

महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए। महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताउँछन्

“कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौँ”, उनले भने, “दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ।” ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ। महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ। बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो। प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ। निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। नगर बस सञ्चालनका लागि प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ४५ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल