प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार « Khabarhub

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेनी – रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका हुन्।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गरेका थिए। जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाए तर विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताए ।

आलमले पढाउन थालेपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरे । उनी आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिँदै छन्। आलमको योगदानको कदरगर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् ।

विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई रु एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरे । “विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेशाका माध्यमबाट आलमले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो”, अध्यक्ष छन्त्यालले भने ।

सम्मान ग्रहणपश्चात् प्रअ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताए । “वर्षौंसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गथ्र्यौँ, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दुःख थियो, विद्यार्थीर अभिभावकको स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन”, आलमले भने ।

विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उनले अनुभव सुनाए । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठूलो योगदान पुगेको उनको भनाइ छ ।

विद्यालयमा निजी शिक्षकको रुपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए । विसं २०५३ सालमा परीक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए । आलमको परिवार भने रौटहटमै बस्दै आएको छ । -रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ५८ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग