नवलपरासी र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

नवलपरासी र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएका २७ वर्षीय आशिषकुमार यादवको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।  प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । चालक को भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

उता कञ्चनपुरको  बेलौरी नगरपालिका ६ मा हिजो ट्याक्टर दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ३ का ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ ।

से १ त १८३५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : ३६ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने