पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप « Khabarhub

पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।

उनी गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण खेलाडी रहेका थिए । उनले लामो समय स्पेनको रियल मड्रिडबाट पनि फुटबल खेलेका छन् ।

हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए । एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।

गत सोमबार हकिमी फ्रान्सको राजधानी पेरिसमा आयोजित फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई व्यवसायिक फुटबलरको लागि विश्वव्यापी प्रतिनिधि संगठन एफआईएफप्रो पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काको फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।

फ्रान्सको कानूनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : २१ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा