आईसीसी क्रिकेट लिग २ : नेपालद्वारा पीएनजी ३ विकेटले पराजित « Khabarhub

आईसीसी क्रिकेट लिग २ : नेपालद्वारा पीएनजी ३ विकेटले पराजित


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनी पीएनजीलाई पराजित गरेको छ । यूएईको दुबईमा भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले खेल सकिन दुई ओभर अगावै भेट्टायो । नेपालका लागि आशिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेका थिए ।

आशिफले १३० बलमा ८६ रन बनाए भने सन्दीपले ५० बलमा ३५ रन जोडे । आशिफ र सन्दीपसँगै कुशल मल्लले २३ रन बनाउनुबाहेक नेपालका कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले