रारामा अब सुविधा सम्पन्न रिसोर्ट (फोटो फिचर) « Khabarhub

रारामा अब सुविधा सम्पन्न रिसोर्ट (फोटो फिचर)


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुगु जिल्लामा रारा भिलेज रिपोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो। पर्यटकका लागि खाना तथा बसोबासका लागि स्तरीय सेवा सुविधा प्रदान गर्न रिपोर्ट सञ्चालनमा ल्याइएको हो ।

रारा भिलेज रिपोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको लगानीमा हलसहित २० कोठाको रिपोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिए। २० रोपनी जग्गाको क्षेत्रफलमा रिपोर्ट बनाइएको हो । रिसोर्टले मुगुको रारा ताललगायतको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन शाहले दाबी गरेका छन् ।

रिपोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बर्सेनि उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांक छ । अत्यन्त मनोरम र प्राकृतिक दृश्यहरूले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले संख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाइको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिपोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।

रारा भिलेज रिपोर्ट कम्पनीको सक्रियतामा रारातालबाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँमा होटेल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ । रारा तालको भ्रमणमा जानेहरूलाई बसोबास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थायी सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन्।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : ४८ बजे

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा