हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’ | Khabarhub Khabarhub

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।

प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन्। यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहेको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले भने ।

यस्तै अर्को चलचित्र ‘छड्के–२’ प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को दोस्रो शृङ्खला हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ । यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ०५ बजे

अर्थसंक्षेप : बाढीपहिरोले जलविद्युत आयोजनामा २ अर्बको क्षति, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं– बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण १५ आयोजनामा दुई

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत

विराटनगर– कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो

कोसी ब्यारेजमा आवागमन खुल्यो

सुनसरी– कोसी ब्यारेजमा आवागमन खोलिएको छ । अविरल वर्षासँगै कोशीमा

 माओवादीको पदाधिकारी बैठक सुरु 

काठमाडौं–  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, तीन जनको मृत्यु

रौतहट– गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहट स्थित विभिन्न नदी