नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ « Khabarhub

नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको सीआइबीको डीएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले सीआइबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी कुमार बिक्रम थापाले धादिङ धुनिवेशी नगरपालिका–२ का स्थानीय बासिन्दा लुइटेललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

लुइटेललाई नगार्जुन नगरपालिका–७ सीतापाइलाबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । थानकोट बृत्त प्रमुख थापाका अनुसार चन्द्रागिरि नगरपालिका–५ बस्ने लुइटेलले चन्द्रागिरि नगरपालिका–३ बस्ने बिजय तामाङलाई आफू सीआइबीमा कार्यरत प्रहरीको डीएसपी भएको र आफूसँग सेक्युरिटी कम्पनी रहेको भन्दै उक्त कम्पनीमा ५ प्रतिशत सेयर हाल्न रु १ लाख ६० माग गरेका थिए ।

उनले तामाङसँग पटक–पटक भेट तथा फोन सम्पर्क गरी रकम माग गरेको र घटनाका पीडितले रु १० हजार दिइसकेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली डीएसपीको साथबाट एक थान रेडियो सेट, चार्जर एक थान र नगद १० हजार समेत प्रहरी बरामद गरेको छ । राजेन्द्र प्रसाद लुइटेल सशस्त्र प्रहरीको भगौडा प्रहरी रहेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : १६ बजे

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको