नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ | Khabarhub Khabarhub

नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको सीआइबीको डीएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले सीआइबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी कुमार बिक्रम थापाले धादिङ धुनिवेशी नगरपालिका–२ का स्थानीय बासिन्दा लुइटेललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

लुइटेललाई नगार्जुन नगरपालिका–७ सीतापाइलाबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । थानकोट बृत्त प्रमुख थापाका अनुसार चन्द्रागिरि नगरपालिका–५ बस्ने लुइटेलले चन्द्रागिरि नगरपालिका–३ बस्ने बिजय तामाङलाई आफू सीआइबीमा कार्यरत प्रहरीको डीएसपी भएको र आफूसँग सेक्युरिटी कम्पनी रहेको भन्दै उक्त कम्पनीमा ५ प्रतिशत सेयर हाल्न रु १ लाख ६० माग गरेका थिए ।

उनले तामाङसँग पटक–पटक भेट तथा फोन सम्पर्क गरी रकम माग गरेको र घटनाका पीडितले रु १० हजार दिइसकेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली डीएसपीको साथबाट एक थान रेडियो सेट, चार्जर एक थान र नगद १० हजार समेत प्रहरी बरामद गरेको छ । राजेन्द्र प्रसाद लुइटेल सशस्त्र प्रहरीको भगौडा प्रहरी रहेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : १६ बजे

सयपत्री फूलको माग धान्न धौ–धौ

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा

प्रधानमन्त्रीले गर्ने दलहरूसँगको संवादमा अन्य मन्त्रीहरू पनि सहभागी हुने

काठमाडौं– प्रधानमन्त्रीले गर्ने भनेको राजनीतिक दलहरूसँगको संवादमा अहिले सरकारमा प्रतिनिधित्व

प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा

तिहारमा पनि रोकिएन नर्सहरुको आन्दोलन, संघ भन्छ- समाधान नभएसम्म पछि हटिँदैन

काठमाडौं- सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू