छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै  | Khabarhub Khabarhub

छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भजनी– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा  छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन । 

छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयं छन् । उनीहरूले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रुपमा मतदाताले उठाएका थिए । व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ ।   

कैलालीको टीकापुर नगरपालिका-५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ । यहाँ करिब चार सय चौपाया राखिएका छन् । तर चौपायालाई आहाराको समस्या छ । उनीहरु  भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन् । छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन् । 

‘चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्’, स्थानीय एकराज पण्डित भन्छन्, ‘व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन ।’ स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन् । तर उनीहरूका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ । 

स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन्। यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ । टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरी वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताउँछन्। 

‘वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ’, उनले भने ‘एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ । हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन ।’

टीकापुर नगरपालिकाले वार्षिक २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ । उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ ।

 बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको  नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारूले बताए । नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उनले  छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए।

‘दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ । यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ’, नगरप्रमुख थारूले भने, ‘हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ । उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ ।’

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताउँछन् । छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ । ‘छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन । उनीहरूलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो’, प्रदेशसभा सदस्य चौधरीले भने , ‘भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ । यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन । छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ । व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ । 

छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भिर बन्न सकेका छैनन् । छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ ।

–झलनाथ खनाल रासस

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ३ : ४१ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच